मौन अवधिमा पनि चुनावी भेलामा व्यस्त सुदन किराती, आचारसंहिता विपरीत चुनावी प्रचारबाजी (भिडियोसहित)

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो ।

 

गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटिएको हो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित सोहि वडा नं ९ लेखर्कका वडाध्यक्ष नवराज माम्पाहाङको रोहवरमा किरातीले चुनावी भेला गरेको बुझिएको छ । एक स्थानीयका अनुसार किरातीले गाउँलेहरुलाई भेला गरि प्रतिपक्ष दलका उम्मेदवारमाथि आक्षेप लगाउँदै भाषण गरेका थिए । श्रोतका अनुसार करिब १ घण्टाको समयावधिमा किरातीले चुनावी भेलालाई सम्बोधन गरेको खुलेको छ ।

 

यसबाहेक विहीबार रातीबाट सुरु ४८ घण्टे मौन अवधि चलिरहँदा भोजपुरमा सामाजिक सञ्जालमा आचारसहिंता विपरीतका प्रचारबाजी पनि बढेको छ । विशेषगरि राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अंकित उम्मेदवारका विभिन्न प्रचारमूलक दल र उम्मेदवारहरुको समर्थन जनाउँदै आचारसंहिता विपरीत भोट माग्ने क्रम चलेको छ ।

 

मौन अवधिमा राजनीतिक दलका कार्यक्रम, समाचार, तश्विर, चुनाव चिन्ह झण्डा, ब्यानर, श्रव्यदृश्य समेटिएका प्रचारमूलक सामाग्रीको कुनैपनि माध्यमबाट प्रचारप्रसार नगर्न र अवज्ञा गरे २५ हजारसम्म जरिवाना हुने आयोगले यसअघि नै निर्देशन जारी गरीसकेको छ ।

भिडियो लिंक तल छः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार