भोजपुरका सबै क्षेत्रमा सत्ता गठबन्धन विजयी

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधीसभातर्फ माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा क मा मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा ख मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी भएका हुन् ।
प्रतिनिधीसभातर्फ गठबन्धनका साझा उम्मेदवार किरातीले २८ हजार ५ सय ७८ मत ल्याउँदै लगातार दोश्रोपटक विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले कुल २६ हजार १ सय ९३ मत प्राप्त गरे । शेरधनमाथि किरातीको ०६४ सालपछिको यो दोश्रो जित हो ।
यस्तै भोजपुर प्रदेश क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार तथा मुख्यमन्त्री राजेन्द्र कुमार राई विजयी भएका छन् । राजेन्द्रले १६ हजार एकसय १० मत ल्याउँदै दोश्रोपटकका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गरे ।
यस्तै प्रदेशसभा क्षेत्र नं २ बाट निर्वाचित विनोद वान्तावा राईले पनि ६४ वर्षपछि भोजपुरमा नेपाली कांग्रेसलाई विजयी दिलाएका छन् । उनी १३ हजार ५ सय ६९ मत ल्याउँदै विजयी भए । उनका निकटत्तम प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८ सय २८ मत पाए । एमाले गढ मानिने भोजपुरको क्षेत्र नं २ मा उनको यो पहिलो चुनाव र पहिलो जित हो ।
कुल १ लाख २३ हजार ३५९ मतदातामध्ये यसपटक भोजपुरमा कुल ५०.३९९ अर्थात ६२ हजार एकसय ८१ मतादाताले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार