हत्या गरिएका चेतन एडिको न्यायको माग गर्दै अनेरास्ववियु भोजपुरले बुझायो ध्यानाकर्षण पत्र

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । गत मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिका ७ मा भएको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य एवम् अखिल सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिका अध्यक्ष चेतन एडिको हत्या गरिएको घटनाप्रति स्पष्ट छानविन र पिडितलाई न्यायको माग गर्दै अनेरास्ववियु भोजपुरले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
अनेरास्ववियुले देशैभर हत्यामा संलग्न अपराधीहरुलाई सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना र न्यायको माग गरेको छ । अनेरास्ववियु भोजपुरले पनि सो घटनाका दोषीहरुलाई प्रहरी प्रशासन र सरकारले संरक्षण दिएको प्रति घोर भत्र्सना गर्दै उक्त ध्यानाकर्षण पत्र प्रजिअ हरिप्रसाद घिमिरेसमक्ष बुझाएको थियो ।
ध्यानाकर्षण पत्रमा मृतक एडिको परिवारबाट प्रमाणसहितको किटानी जाहेरी दिएकालाई तत्काल पक्राउ गर्नुपर्ने, पिडित परिवारलाई उचित क्षतिपूर्ति, झुठो मुद्दामा पक्राउ परेका अनेरास्ववियु बाजुराका जिल्ला अध्यक्षसहितका नेताहरुको तत्काल मुद्दा खारेज र रिहाई, मृतक एडिलाई शहिद घोषणा र मृतक एडिको स्मृतिमा पार्क निर्माण गरिनुपर्ने माग उल्लेख छ ।
हत्यारालाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजायको माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य तथा भोजपुर सह ईन्चार्ज धु्रवराज राईले जानकारी दिए । मृतक एडिको न्यायका लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु राखिने अनेरास्ववियु भोजपुरका सचिव निशान राईले बताए । मृतक र मृतकको परिवारको न्यायका लागि देशैभर आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिईने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार