टेम्केमैयुङ गाउँपालिकाको नेतृत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रहरीको साझेदारीमा लैङ्गिक हिंसा तथा साईबर अपराधविरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत गाउँपालिकास्तरीय सचेतनामूलक कार्यक्रम थालेको छ । गाउँपालिकाका ९ वटै वडाका वडास्तर तथा सामुदायिक विद्यालयहरुमा उक्त अभियान सुरु गरिएको हो ।

ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक हिंसा, साईबर अपराध न्यूनिकरणका लागि बालबालिका लक्षित सचेतना फैलाउने लक्ष्यले कार्यक्रम ल्याईएको गाउँपालिकाले जनाएकाे छ ।

प्रहरीको प्रत्यक्ष साझेदारीमा विशेषगरि ग्रामीण भेगमा साईबर अपराध तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतना दिलाउने लक्ष्यले उक्त सचेतनामूलक कार्यक्रमहरु चलाईएको गाउँपालिकाले जनाएको छ । विशेषगरि ग्रामीण क्षेत्रबाट विद्यालय आउने बालबालिकालाई लक्षित गरि उक्त १६ दिने अभियान ल्याईएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताईन् ।
ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक हिंसा, साईबर अपराध न्यूनिकरणका लागि बालबालिका लक्षित सचेतना फैलाउने लक्ष्यले कार्यक्रम ल्याईएको उनले बताईन् । भनिन्, ‘हाम्रो गाउँघरमा अझैपनि अशिक्षाका कारण विभिन्न खाले घरेलु खटपट, हिंसा, अपराध, बालविवाह, बहुविवाह, यौनहिंसा हुने गरेका छन्, बालबालिकामा प्रविधिको गलत प्रयोजन र विकृतिहरु बढ्दो छ, ती भईरहेका र सम्भावित घटना र अपराध न्यूनीकरण गर्ने हाम्रो अभियानको लक्ष्य हो’
गाउँपालिकाभित्रका विभिन्न वडातह र सामुदायिक विद्यालय लक्षित कार्यक्रम आयोजना गर्दै आएको छ । १६ दिने अभियान अन्र्तगत गाउँपालिकाको समन्वय र इलाका प्रहरीको साझेदारीमा टेम्केमैयुङ गाउँपालिका १, तिम्माको वडा कार्यालय, तिम्मा मावि र पशुपति मावि रिमचिममा सचेतना कार्यक्रम सञ्चालन भईसकेको छ । गाउँपालिकाका सबै वडातह र सामुदायिक विद्यालयमा याे कार्यक्रम गर्दै लगिने गाउँपालिकाले जनाएकाे छ ।
सभ्य समाज निर्माणका लागि अशिक्षित ग्रामीण समाजलाई उत्थान गर्ने प्रमुख उद्देश्यले अभियान सञ्चालन ल्याईएको प्रहरी सहायक निरिक्षक चन्द्र बहादुर खड्काले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार