सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ । आइतबार बेलुका बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंग्याएको हो ।

 

प्रदेश १ मा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । अन्य बाँकी छ वटै प्रदेशमा मुख्यमन्त्रीको टुंगो सत्ता गठबन्धनको बैठकले लगाएको हो ।

 

गठबन्धनको भागबण्डा अनुसार  गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । माओवादीको भागमा कर्णाली परेको छ ।

 

मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो गर्ने भएका छन् । बागमती प्रदेशमा माओवादी र एमाले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

 

यस्तै सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार