बाग्मती प्रदेशका पुर्व मन्त्री बलराम पौडेल बेलायतको अध्यागमन निगरानीमा

लन्डन । बेलायत आएका बागमती प्रदेश सरकारका निर्वतमान भुमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल यहाँको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बेलायत आउनका लागि प्रयोजन (स्पोन्सर) गरेका सम्बन्धित संस्थाले नै भिसा आवेदन रद्द गर्न दिल्लीस्थित ब्रिटिस हाइकमिशनलाई पत्राचार गरेपछि निर्वतमान मन्त्री पौडेलसहित उनका पत्नी बेलायतको अध्यागमनको निगरानीमा परेको हो ।

 

गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले गत ३ जुलाइ २०२२ मा ब्रिटिश हाइ कमिसनलाई सम्बोधन गर्दै मन्त्री पौडेल र उनकी श्रीमति कृष्णकुमारी पौडेललाई आफ्नो संस्थाले प्रायोजन गरि निमन्त्रणा गरेकाले भिसा दिन अनुरोध गरेका थिए । गत ६ अगष्ट २०२२ मा निर्धारित संघको वार्षिक साधारणसभामा पौडेल दम्पतिलाई बोलाइएको थियो । कभरिङ लेटरमा उनीहरु ४ अगष्टमा लन्डन आइपुग्ने र ११ अगष्टमा फर्कने जनाइएको थियो । तर पौडेल १५ डिसेम्बरमा आएर संस्था फुटाउने समुहको पक्षपोषण गर्दै संस्थाविरुद्ध गतिविधि गरेको भन्दै अध्यक्ष प्रेम गाहामगरले भिषा रद्दका लागि ब्रिटिस हाइकमिशनमा निवेदन दिएपछि पौडेल दम्पती अध्यागमनको निगरानीमा परेका छन ।

 

गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले जुन कार्यक्रमका लागि बोलाएको थियो, त्यो कार्यक्रम सकिइसकेको र आमन्त्रित अतिथीले प्रायोजकको मर्यादा समेत भुलेर अवैधानिक समूहको पक्षपोषण गर्न लागेको थाहा पाएपछि गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत अध्यक्ष प्रेम गाहामगरले उनीहरुको भिसा आवेदन रद्द गरिदिन २६ अगस्ट २०२२ मा दिल्लीस्थित ब्रिटिश हाइकमिसनलाई पत्राचार गरेका थिए । जवाफमा ब्रिटिश हाइकमिसनले उनीहरुलाई अरु कुनै कार्यक्रममा बोलाउने भए पुनर्विचार गर्ने बताउंदा गाहामगरले अहिले त्यस्तो कुनै कार्यक्रम नभएको बताएका थिए ।

 

तर, पौडेल दम्पतिले गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका नाममा छुट्टै गतिविधि गरिरहेको एक समूहले अवैधानिक तवरबाट गत १८ अक्टोबरमा गरेको कार्यक्रमका लागि भन्दै नक्कली कागजात राखेर उनीहरु तीन साताअघि बेलायत उत्रिएपछि ‘बोर्डर फोर्स टर्मिनल ४’ लाई खवर गरेर पौडेल दम्पत्तिलाई डिपोर्ट गर्ने प्रक्रिया बढाइएको श्रोतले बताएको छ । बेलायतमा नक्कली कागजात राखेर आवेदन दिएको प्रमाणित भए सरकारले १० वर्षसम्म यहां आउन प्रतिवन्ध लगाउन सक्छ । पौडेल बेलायतको नेपाली समाज विभाजनमा उद्दत रहेकाले फिर्ता पठाउन लागि यस्तो कदम चालिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले बताए ।

 

लन्डन आएपछि पौडेल दम्पति गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतबाट फुटेर गएका समुहले गरेको कार्यक्रममा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार