नेपाल रेडक्रस सोसाईटी भोजपुरको ३९ औँ अधिवेशन, ३ उपशाखा पुरस्कृत

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरको ३९ औँ अधिवेशन सुरु भएको छ । भोजपुर नगरपालिका ७ डाँडागाउँको होटल भिन्तुनामा सुरु अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
२०३० साल मंसिर १९ गते स्थापना भएको शाखाको यो अधिबेशनबाट नयाँ कार्यसमितिको चयन हुँदैछ । भोजपुरका ८१ वटै वडा उपशाखा र जुरेस तथा युवा रेडक्रस शाखाहरुको नयाँ समिति चयनपश्चात जिल्ला अधिवेशन गरिएको रेडक्रस भोजपुर शाखाका शाखा विकास अधिकृत तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै कार्यसम्पादन मूल्याकंनका आधारमा जिल्लाका ३ उपशाखाहरु पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा दलगाउँ शाखा पहिलो, नेपालेडाँडा शाखादोश्रो र बोया शाखा तेश्रो भएका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले रेडक्रसले गरेको कामहरु उल्लेखनीय रहेको जिकिर गरे । शाखाले प्राकृतिक विपद् तथा मानवीय उद्धारका काममा सह्रानीय योगदान दिएको उनले बताए । गत २०७८ भाद्र २१ गते स्थापना भएको रक्त सञ्चार सेवा केन्द्रको सुरुवात नै समग्र जिल्लाको लागि प्रेरणाको उपलब्धि भएको उनले बताए । भने, ‘यो शाखाले विभिन्न नयाँ सिर्जनात्मक प्रगतिहरु गरेको छ, शाखाले सबैभन्दा उपलब्धिमूलक काम ब्लड बैंक सञ्चालन गरेर वर्षौदेखि दुर्गमका नागरिकलाई रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिको हल गरेको छ, शाखाको हरेक समस्याहरुमा सहयोग पु¥याउन नगरपालिका सधैँ तत्पर रहनेछ’
यस्तै शाखाका सभापति तुलबहादुर सुब्बाका अनुसार विभिन्न प्राविधिक कठिनाईका कारण शाखाले सोचेजति काम गर्न नसकेको बताए । २०७२ सालको महाभुकम्पबाट गम्भिर असर पुगेपछि संस्थागत रुपमा कामहरु सोचेअनुरुप अघि बढ्न नसकेको उनले जिकिर पनि गरे । तर लामो समयदेखिको प्रयास र समन्वयले अन्ततः ब्लड बैंकको स्थापना गर्न शाखा सफल भएको उनले बताए । ‘रगत अभावलाई न्यून गर्ने वर्षौको हाम्रो एउटा सपना पुरा भयो, यद्यपी जिल्ला अस्पतालमा दक्ष डाक्टर नहुँदा ब्लड बैंकको पर्याप्त रगत खपत हुन सकेको छैन, त्यसलाई तत्कालका लागि रगत आपूर्ति आवश्यक भएका जिल्लासंग समन्वय गरेर पठाउने व्यवस्था गरिएको छ ।’ सभापति सुब्बाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार