सेटिङमा गाउँपालिका केन्द्र सार्ने निर्णयप्रति अरुण गाउँपालिकाका स्थानीयबासी आक्रोशित

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । पूर्वी अरुण गाउँपालिकाको केन्द्र सार्ने मनोमानी निर्णयप्रति स्थानीय प्याउलीबासी आन्दोलित बनेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुको सेटिङमा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले प्याउलीबजारदेखि करिब डेढ किलोमिटर दुरीमा पर्ने मरेङडाँडास्थित गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्थानीय आक्रोशित बनेका हुन् ।

अध्यक्ष खत्रीले पालिकास्तरीय पार्टी प्रमुखहरुको मिलोमतोमा बजारदेखि झण्डै १ घण्टा उकालो पैदलयात्रा दुरीमा सार्ने निर्णय गरेका हुन् । आफ्नो पार्टिका केहि नेता कार्यकर्ताको गोप्य निर्णय लिएर खत्रीले गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्थानीयको आरोप छ ।

अध्यक्ष खत्रीले पालिकास्तरीय पार्टी प्रमुखहरुको मिलोमतोमा बजारदेखि झण्डै १ घण्टा उकालो पैदलयात्रा दुरीमा सार्ने निर्णय गरेका हुन् । आफ्नो पार्टिका केहि नेता कार्यकर्ताको गोप्य निर्णय लिएर खत्रीले गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्थानीयको आरोप छ । स्थानीय पूर्ण श्रेष्ठले गाउँपालिका अध्यक्ष लगायतका पदाधिकारीले भित्रभित्रै गाउँपालिका केन्द्र सार्ने जनताको हितविपरीत निर्णय गरेको आरोप लगाए । भने, ‘दुर्गम क्षेत्रका जनताका लागि पायक र सहज पर्ने स्थान छोडेर गाउँपालिका सार्ने एकल निर्णयप्रति हामी जनता पिसिएका छौँ, उहाँहरुको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहनेछ ।’
२०७१ र २०७२ सालमा स्थानीय राजनीतिक दलहरुको निर्णय अनुसार गाउँपालिकाको केन्द्र नसार्ने गरी प्याउलीबजारै रहने भनिएको थियो । तर गाउँपालिकाले अहिले गरेको निर्णयप्रति पालिकास्तरका स्थानीय राजनीतिक दलका नेताहरु पनि प्रलोभनमा परि जनताको आन्दोलन दबाउन खोजिएको अरुण गाउँपालिका वडा नं १, याङपाङका वडाअध्यक्ष रामकुमार तामाङले बताए । उनले भने, ‘आफुखुशी गाउँपालिका केन्द्र सारेपछि पैदल एकघण्टाको उकालो चढ्न नसक्ने ग्रामीण बृद्धवृद्धा र असक्तहरुलाई अझै सास्ती हुन्छ’ स्थानीयले प्याउली बजारमा गाउँपालिका केन्द्रका लागि जग्गा दिएपनि केन्द्र सार्ने पालिकाको एकल निर्णयले स्थानीयबासी लगायत गाउँपालिकाबासी रुष्ट बनेका छन् ।
स्थानीय जनताका लागि सहज हुने स्थानमा केन्द्र तोकिनुपर्ने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए । ‘कुनै मनोमानी ढंगबाट सेटिङ गरी रातारात गाउँपालिकाको केन्द्र सारेर जनताको भावनालाई कुल्चने काम कसैले गर्छ भने त्यसबेला हामी पनि जनताको साथमा हुनेछौँ ।’ उनले भने, ‘एमाले कुनै पनि सेटिङमा लाग्दैन, यदि कोहि नेता कार्यकर्ता लागे पार्टीले कडा कारबाही गर्नेछ ।’
माओवादी केन्द्रले गाउँपालिकाको निर्णय जनताको हितविपरीत भएको बताएको छ । उक्त गाउँपालिकास्तरका आफ्ना नेता तथा कार्यकर्ताविच पनि गाउँपालिकाको निर्णयप्रति फरक मत देखिएको माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताए । ‘गाउँपालिका केन्द्र सार्ने कुरामा गाउँपालिकाका हाम्रा कार्यकर्ताहरुमध्ये आधा सहमत छन् आधा असहमत देखिएका छन्, तर पार्टिले जनताको पायक स्थानमा गाउँपालिका सार्ने निर्णयमा सहमती जनाउनेछ’
यता गाउँपालिका अध्यक्ष खत्रीले कार्यपालिकाको बहुमत गरेको निर्णयअनुसार नै गाउँपालिका केन्द्र सार्न खोजिएको बताए । भने, ‘गाउँ कार्यपालिकाको बहुमत निर्णय अनुसार भौगोलिक र भौतिक पूर्वाधारका हिसाबले उपयुक्त रहेकाले मरेङडाँडामा गाउँपालिका संरचना निर्माण गरिने भनिएको हो’ पछिल्लो राजनीतिक समिकरण हेर्दा अरुण गाउँपालिकामा नेपाली कांग्रेस पनि दुई भागमा विभाजित छ । त्यस्तै एमाले र माओवादी पनि दुई भागमा विभाजित देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार