भोजपुरमा एमालेको ग्रासरुट अभियान, पार्टी सुदृढीकरण तल्लो तहबाटै सुरु

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । पार्टी सुदृढीकरणलाई मुख्य आधार बनाएर नेकपा एमाले भोजपुरले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमालेले देशैभरी फागुन ५ गतेदेखी बैसाख ९ गतेसम्म सञ्चालन गरिरहेको अभियानलाई भोजपुरमा पनि औपचारिक सुरुवात गरेको हो । पार्टीको संगठनात्मक सुदृढीकरण, गतिशिलता र पार्टीको महाधिवेशनबाट निर्देशित विचारहरुलाई स्पष्ट बनाउँदै पार्टीको लक्ष्य प्राप्तिका लागि मिसन ग्रासरूट कार्यक्रम सुरु गरेको एमाले भोजपुरले जनाएको छ ।

 

गत फागुन १८ र १९ बसेको जिल्ला कमिटीको छैटौ पूर्ण बैठकले जिल्लामा ९ वटै स्थानीय तहहरुमा फागुन २१ देखी बैशाख ९ गतेसम्म अभियान संचालन गर्ने निर्णय अनुसार नै एमाले यो अभियानमा अघि बढेको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । यस अभियानमा केन्द्र देखि स्थानीय तह सम्मका नेता तथा कर्यकर्ताहरुलाई समेत जिम्मेवारी तोकिएको अध्यक्ष राईको भनाइ छ ।

 

अभियानमा केन्द्रिय कमिटीबाट अभियान्तको रुपमा टंक आङबुहाङ, अईन्द्र सुन्दर नेम्बाङ र किशोर अधिकारीलाई खटाएको उनले जानकारी दिए ।

यस्तै अभियान अन्र्तगत नै फागुन २१ गते रामप्रसादराई गाँउपालिका, भोजपुर नगरपालिका र अरुण गाँउपालिकामा सम्पन्न भएको छ भने २२ गते टेम्केमैयुङ गाँउपालिका, २३ गते पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिका, २४ गते षडानन्द नगरपालिका र आमचोक गाउँपालिका सञ्चालन गरिएका छन् । त्यस्तै २७ गते साल्पासिलिछो गाउँपालिकामा सञ्चालन हुनेछ । स्थानीय तह स्तरीय कार्यक्रम सम्पन्न भएपछि वडा र टोलस्तरको कार्यक्रम आयोजना हुने एमाले भोजपुरका सचिव किरण राईले बताए ।

एमालेले सातै प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली खटाएको छ भने कोसी प्रदेशका लागि अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार