मुन्दुम ट्रेल रेसमा अर्जुन र नितु पहिलो

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । ५५ किलोमिटरको ट्रेल रेस अर्जुन कुलुङ राई र नितु तामाङले जितेका छन् । पर्यटकीय मुन्दुम पदमार्गको प्रबद्र्धन गर्दै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दौडमा राईले पुरुषतर्फ र तामाङले महिलातर्फको दौड जितेका हुन् ।
पर्यटन र खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दौडमा १६ वर्षदेखि ४० वर्षसम्मको समुहको पुरुषमा राई पहिलो बने । त्यस्तै उमेश राई दोश्रो र अशोक ब्रम तेश्रो भए । यस्तै महिला तर्फ नितु पहिलो स्थानमा आउँदा जुलीन राई दोश्रो र सुनकला लिम्बु तेश्रो भईन् ।
यस्तै ४० वर्ष उमेर माथिको समुहमा दुर्गधन राई प्रथम र टेक बहादुर थापा दोश्रो भए । दौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र सान्त्वनालाई ५÷५ हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएकोे थियो ।
प्रतियोगिताले पदमार्गको प्रबद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरमा समेत साहसिक खेलको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको रिमाचुङ एजुकेशन स्पोर्टस् एकेडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले बताए । उनका अनुसार किरात सभ्यता अथ्र्याउने मुन्दुम पदमार्ग पर्यटकीय गन्तव्यलाई बाह्य पर्यटनसंग पनि जोड्न टेवा मिल्नेछ ।
२६ सय २२ मिटर उचाइको बाघखोरबाट सुरु भएको रेस ३१ सय मिटर उचाईको टेम्केडाँडा हँुदै २२ सय मिटर उचाइको तावाभञ्ज्याङमा सम्पन्न भएको थियो । रेसमा पूर्व इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटका १३ जिल्लाका १ सय ५७ जना धावकले सहभागी जनाएका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार