भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालन, दुर्गमका नागरिकलाई सहज

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । लामो समयको पखाईपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स पुगेको छ । एम्बुलेन्स सेवा आएसंगै गाउँपालिकाबासी हर्षित बनेका छन् । गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्णलाई एम्बुलेन्स् हस्तान्तरण गरेको छ । शाखाको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र गाउँपालिकाको आर्थिक सहयोगमा रेडक्रस उपपशाखा अन्नपुर्णले खरिद गरेको हो ।
एम्बुलेन्स् सञ्चालनमा आईपर्ने आर्थिक समस्या समाधान गर्न डाली कोषको सुरुवात गरिएको छ । डाली कोषमा गोविन्द मुकारुङ २५, हजार, टंक प्रसाद रेग्मी २५ हजार यसैगरी पालिका अध्यक्ष सरोज बस्नेत २५ हजार स्थानीय जिवन किरातीले ११ हजार १ सय ११ र केदार अधिकारीले १० हजार प्रदान गरेका छन् । डाली कोषमा संकलन भएको रकम मुद्दत्ती खातामा राखी त्यसको ब्याजबाट खर्च गरिने रेडक्रस उपशाखा अन्नपुर्णका सभापति केदार अधिकारीले बताए ।
यस्तै गत असोज ६ गते काठमाडांैको नाँचघरमा भएको आफ्नो एकल साँझबाट संकलित १ लाख रुपैँया गायक भिषण मुकारुङले पनि व्यवस्थापन सहयोगार्थ सहयोग गरेका हुन् । एम्बुलेन्स अभावमा दुर्गमका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रुपमै सहयोग गरेका थिए ।
गाउँपालिकाका ९ वटै वडाहरुमा स्वास्थ्य सेवा लिन अझै सकस पर्ने गर्छ । कतिपय क्षेत्रमा सर्वसाधरण अझै पनि स्टे«चरबाटै विरामी ओसारपसार गर्ने गरेका छन् । एम्बुलेन्स सञ्चालनले दुर्गम भेगका नागरिकका लागि स्वास्थ्य सेवा सहज हुने गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले बताईन् । भनिन्, ‘एम्बुलेन्स सेवा हाम्रो गाउँपालिकाबासीको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो, यसले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ’ एम्बुलेन्स सेवाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई छुटको व्यावस्था गरिने गाउँपालिकाले जनाएको छ । भौगोलिक अवस्थाका आधारमा नागरिकलाई सहुलियत रुपमा भाडा दररेट कायम गरी सेवा प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार