युवा संघ नगर कमिटिको अगुवाईमा बजार सरसफाई र डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटिले बजार सरसफाइ तथा डेंगु एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरि पछिल्लो समय बढ्दै गएको डेंगु संक्रमण र आँखा पाक्ने रोगले ग्रसित बनिरहेकाबेला भोजपुरमा पनि सावधानी अपनाउन युवा संघले जनजागरणमूलक कार्यक्रम गरेको हो ।
बिहिबार युवा संघ नगर कमिटिको आयोजनामा सदरमुकामका सार्वजनिक क्षेत्रभित्र सरसफाइसंगै जिर्ण बनेका मुख्य सडकगल्लीहरुका खाल्डाहरु कन्क्रिटबाट पुरिएको थियो । कमिटिले विशेषगरि डेंगी र आँखा पाक्ने रोगको सम्भावित संक्रमण र संक्रमणबाट सुरक्षित रहन सदरमुकामभित्रका विभिन्न स्थानमा होर्डिङ बोर्ड तथा प्रचारमूलक सामाग्री लगाईएको छ ।
‘युवा संघ नगर कमिटिको आयोजनामा हामीले विशेषगरि बजार सरसफाइ र जनचेतनामूलक रोगको रोकथामका लागि अगुवाई गरेका हौँ’ युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य विमल रणपहेँलीले बताए । भोजपुरमा पनि डेंगी र आँखा पाक्ने रोगका संक्रमितको संख्या दिनानुदिन बढिरहेकाबेला कमिटिले रोगबाट उच्च सर्तकताका लागि जनचेतनामूलक कार्यक्रम गरेको हो ।
यसका साथै बर्षौदेखि जिर्ण बजार क्षेत्रका सडकहरुका खाल्डाहरुमा कन्क्रिट ढलान पनि गरिएको छ । सवारीसाधन आवतजावत र सम्भावित दुर्घटनाको जोखिमलाई केहि न्यूनीकरण गर्न कमिटिको अगुवाइमा बाटो मर्मत गरिएको नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए । भने, ‘बजारका सडकहरु एकदमै धराशायी र जिर्ण बन्नाले सवारी दुर्घटनाको सम्भावना बढेको छ, त्यहि जोखिम केहि हदसम्म कम गर्न कमिटिको अगुवाईमा सडकका खाल्डाहरुमा कन्क्रिट ढलान गरिएको हो’\

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार