
भोजपुर । भोजपुरमा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) भोजपुरको सहकार्यमा न्युक्लियस एकेडेमी भोजपुरले आयोजना गरेको उक्त तालिमबाट २४ जनाले निःशुल्क बेसिक तथा डिप्लोमा कोर्सको कम्प्युटर तालिम लिएका हुन् ।
निःशुल्क रुपमा आधारभुत कम्प्युटर सिप सिक्ने अवसर पाएपछि सहभागी हर्षित बनेका छन् । महंगो खर्च र लगानीमा कम्प्युटर सिक्ने आर्थिक बाध्यतालाई कम गर्न कम्प्युटर तालिम सञ्चालन गरिएको प्रशिक्षक अनुहाङ राईले बताए ।
तालिमबाट आवश्यक आधारभुत सिपसंगै जनशक्ति उत्पादन गर्ने उद्देश्यले पनि तालिम दिईएको एकेडेमीका सञ्चालक तथा प्रशिक्षक दिपेश राई बताउँछन् । सहभागीहरु सबैलाई कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) भोजपुरको होलोग्राम स्टिकर सहितको प्रमाणित प्रमाणपत्र एकाडेमीले प्रदान गरेको थियो ।







