बेलायतले आफ्नो सैनिक युक्रेनमा पठाउने

लण्डन । युक्रेनी सैनिकहरुलाई तालिम दिन बेलायतले आफ्नो सैनिक युक्रेन पठाउन सक्ने बेलायती रक्षा मन्त्रीले बताएका छ बेलायती रक्षा मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले आफ्नौ सैनिक युक्रेन पठाउन सक्ने बताएका हुन ।

 

मन्त्री ग्रान्टले दिएको एक अन्तर्वार्तामा बेलायती सेनाका प्रमुखहरुसित र युक्रेनका राष्ट्रपतिसंग छलफल भईरहेको जानकारी पनि दिएका छन् । बेलायती सैनिकहरु युक्रेनका सैनिकलाई बेलायतमै तालिम दिइरहेको र उक्त तालिम सम्बन्धित स्थान युक्रेनी भूमिमै दिलाउने आफ्नो प्रयास भईरहेको मन्त्रीले बताएका छन् ।

 

युक्रेनी सैनिकमा बेलायती नागरिकहरु लड्दै आएको भए पनि औपचारिक रुपमा बेलायती सेना नै परिचालन भने भएको छैन । यदि साप्सको योजना लागू भएमा पहिलोपटक युक्रेनको लडाइँमा बेलायती सेनाको प्रवेश हुनेछ ।

 

बेलायतले करिब २० हजार युक्रेनी सेनालाई तालिम दिइसकेको छ । युक्रेनमा लडाइँ शुरु भएपछि नाटोका सदस्य राष्ट्र युक्रेनबाट तालिम हटाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार