फोनिज युकेले पत्रकारिता तालिम सञ्चालन गर्दै

लन्डन । पत्रकार र पत्रकारितामा रुचि राख्नेहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता तालिम दिने भएको छ । २५ नोभेम्बरमा भर्चुअल माध्यमबाट ‘‘समाचार लेखन तथा उत्पादन” सम्बन्धि तालिम दिने भएको हो ।

 

समाचार लेखनलाई अभिबृद्धि र पत्रकारहरुको संख्या बृद्धि गर्ने लक्ष्य गरिएको १ दिने तालिममा आदिवासी जनजाति सम्बद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ । तालिममा नेपालस्थित पत्रकारितामा ज्ञान भएको अब्बल प्रशिक्षकहरुले सहजीकरण गर्ने आयोजक पक्षले जनाएको छ ।

 

फोनिज युकेले प्रत्येक बर्ष पत्रकारहरुलाई प्रोत्साहन र क्षमता बृद्धिका लागि तालिम आयोजना गरिदै आएको फोनिज युकेकी अध्यक्ष गोमा रानाले बताइन । गएको बर्षमा फोटोग्राफी अन्तवार्ता सम्बन्धी तालिम सञ्चालन गरिएको र उक्त तालिमका सहभागीहरुले राखेको सकरात्मक सुझाव र प्रतिक्रियाको आधारमा तालिम आयोजना गरिएको अध्यक्ष रानाले बताइन ।

 

फोनिज युकेले प्रत्येक बर्ष पत्रकारहरुको क्षमता अभिबृद्धि हुने खालको कार्यक्रम गर्ने लक्ष्य समेत राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार