एमालेमाथि घेराबन्दी बढ्दैछ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

 

सचिवालय बैकठमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन् विगतदेखि नै । एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसो भएकाले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा हामी लाग्नुपर्छ ।’

 

उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए । ओलीले थपे, ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नुहुन्न ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार