बेलायतमा बिआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) अन्त्य हुदै

लन्डन । बेलायतमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त गरेका व्यक्तिलाई दिइदै आएको सुरक्षित कागजात बिआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) अन्त्य हुने भएको छ ।

 

अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै बेलायतमा दिइदै आएको भौतिक कार्ड बीआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) को अन्त्य हुन भएको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (विआरपी) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त व्यक्तिहरूलाई होम अफिसद्वारा जारी गरिएको सुरक्षित कागजात रहेको छ । यो कार्डमा कार्डकर्ताकहरूको बायोमेट्रिक अर्थात औँठाछाप, फोटोका साथै उनीहरूको नाम, राष्ट्रियता, भिसाको प्रकार र म्याद सकिने मितिजस्ता विवरणहरू समावेश भएका हुन्छन ।

 

होम अफिसको कार्यालयले डिजिटलाइजेसन योजनाहरूलाई कार्यान्वयन गर्न ३१ डिसेम्बर २०२४ सम्म अधिकतम वैधताका साथ (बायोमेट्रिक रेसिडेट प्रमिट) बीआरपी जारी गर्ने निर्णय गरेको छ । त्यसपछि भौतिक कार्ड हटाएर इलेक्ट्रोनिक रूपमा मात्रै रहने भएको छ । १ जनवरी २०२५ पछि बेलायतमा बायोमेट्रिक रेसिडेन्स परमिट (विआरपी)को अरु कुनै मान्य कागजात हुने छैन । होम अफिसको वेबसाइटहरुमा आफ्नो सेवाहरू प्रयोग गरेर आफ्नो अध्यागमन स्थिति अनलाइनमा हेर्न सकिने छ । यो सेवाले प्रयोगकर्ताहरूलाई आफ्नो स्थितिबारे कामकाज र अरु कुनै पनि सम्बन्धित क्षेत्रसँग इलेक्ट्रोनिक रूपमा शेयर अथवा सांझा गर्न सजिलो र छिटो हुने भएको छ ।

 

बीआरपी जारी गर्ने र व्यवस्थापन गर्ने आवश्यकता नपर्ने हुँदा यो नयाँ प्रणालीद्वारा अध्यागमन स्थिति प्रमाणीकरण गर्न सजिलो र छिटो हुने छ । जसले गर्दा सरकारको लागतको बचत पनि हुने छ । साथै, पहिलेको भन्दा डिजिटल प्रणाली बढी सुरक्षित हुने गरी डिजाइन गरिएको हुनाले जालसाँजी र पहिचान चोरी रोकिने विश्वास गरिएको छ । इन्टरनेट पहुँच भएका कुनै पनि उपकरण भएमा नयाँ प्रविधिलेद्वारा जुनसुकै बेला आफ्नो अध्यागमन स्थितिबारे जानकारी राख्न सकिने छ ।

 

बीआरपीको म्याद ३१ डिसेम्बर २०२४ मा समाप्त हुने व्यक्तिहरूले आफ्नो अध्यागमन स्थिति कायम राख्न कुनै कारबाही गर्न आवश्यक पर्ने छैन । सबै अटोमेटिक डिजिटलमा जाने छ । तर, स्मरण रहोस, यो नयाँ डिजिटल प्रणालीमा जाँदा आवश्यक प्रविधि र इन्टरनेट जडानको अति नै आवश्यक हुने छ । युके बायोमेट्रिक रेसिडेन्स परमिट (बिआरपी) को म्याद समाप्ती र अध्यागमन प्रणालीबारे थप जानकारीका लागि, बेलायत भिसा र आप्रवासन gov.uk मा सूचना राखिने हुँदा निरन्तर रुपमा सूचना चेक गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार