बेलायत सरकारद्धारा राष्ट्रिय वीमा (एनआई) करमा दुई प्रतिशत कटौती

लण्डन । बेलायत सरकारले आजदेखि लागु हुने गरी सर्वसाधारण कामदार लगायत सम्पुर्ण रोजगारहरुबाट कटौती गर्दै आएको राष्ट्रिय वीमा (एनआई) करलाई दुई प्रतिशतले कमी गरेको छ ।

 

यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत राष्ट्रिय वीमा (एनआई) कर तिर्नुपर्नेमा आजदेखि १० प्रतिशतमा सीमित गरेको छ । सरकारले राष्ट्रिय वीमा (एनआई) कर मा २ प्रतिशतले सुविधा गरेपछि करिब २ करोड ७० लाख रोजगारहरुलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

 

बेलायती अर्थमन्त्री जेरेमी हन्टले यसअघि शरदकालिन बजेट भाषणमा सो कुरा घोषणा गरेपछि न्यून आय गर्न रोजगार गर्ने सर्वसाधारण व्यक्तिहरु लाभान्वित हुने आशा गरिएको छ । सरकारले लागू गरेको नयाँ प्रावधानबाट वार्षिक ३० हजार पाउण्ड तलव पाउनेहरुले करिब ३५० पाउण्ड वचत हुने अनुमान गरिएको छ । अर्थ मन्त्री जेरेमी हन्टले नयाँ प्रावधानबाट एउटा घरमा करिब वार्षिक १ हजार पाउण्ड लाभ हुने बताएका छन ।

 

यसले स्वरोजगारहरुका लागि भने यसै वर्षको अप्रिल ६ तारिखदेखि नयाँ राष्ट्रिय वीमा (एनआई) लागू हुने भएको छ । अहिले वार्षिक १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २ सय ७० पाउण्डसम्म कमाइरहेका स्वरोजगारहरुले ९ प्रतिशत राष्ट्रिय वीमा (एनआई) तिरिरहेकोमा त्यसपछि भने ८ प्रतिशत मात्र तिर्नुपर्ने छ ।

 

बेलायतमा वार्षिक १२ हजार ५ सय ७० पाउण्डभन्दा माथि आम्दानी गर्नेहरुले राष्ट्रिय वीमा (एनआई) तिर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय वीमा (एनआई) स्टेट पेन्सन, बेरोजगार भत्ता, सुत्केरी भत्ता, स्वास्थ्य सेवा लगायतमा खर्च गरिन्छ । एनआई रोजगारदाता र जागिरे दुवैले तिर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार