पहिचानवादीले गरे डा. शेखरसँग छलफल

कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीले आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । शेखरको निमन्त्रणमा विराटनगरस्थित कोइरालानिवास पुगेका पहिचानवादी संघ–संगठनका नेताले भेटघाट गरेका हुन् ।

 

पहिचानवादीसँगको भेटमा कोइरालाले आफू पहिचानका पक्षमा भएको सन्देश दिएका छन् । उनले ‘माग र मुद्दामा सहमत रहेको’ बताएको एक सहभागीले जानकारी दिए ।

 

कोइरालाले पहिचानको आन्दोलन जायज भएको भन्दै नामकरण र हक–अधिकारका विषय पनि सँगसँगै लैजानुपर्ने सुझाव दिएका प्रदेश–१ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताए ।

 

विराटनगर । कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीले आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । शेखरको निमन्त्रणमा विराटनगरस्थित कोइरालानिवास पुगेका पहिचानवादी संघ–संगठनका नेताले भेटघाट गरेका हुन् ।

 

पहिचानवादीसँगको भेटमा कोइरालाले आफू पहिचानका पक्षमा भएको सन्देश दिएका छन् । उनले ‘माग र मुद्दामा सहमत रहेको’ बताएको एक सहभागीले जानकारी दिए ।

 

कोइरालाले पहिचानको आन्दोलन जायज भएको भन्दै नामकरण र हक–अधिकारका विषय पनि सँगसँगै लैजानुपर्ने सुझाव दिएका प्रदेश–१ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताए ।

भेटमा कोइरालाले ‘कोसी नाम सच्याउन पहल गर्ने’ प्रतिबद्धता जनाएका थिए । यसबारे शीर्ष नेतासँग कुरा गर्ने उनले बताएका छलफलमा सहभागी पहिचानवादी अगुवा अर्जुन जम्नेली राईले जानकारी दिए ।

 

कोइरालाले यही माघ २ गते मोरङको सुन्दरहरैँचामा आयोजित एक कार्यक्रममा ‘पहिचानवादीको मागको सुनुवाइ हुनुपर्ने’ बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार