दमकले उचाल्यो मेयरकप भलिबलको उपाधि

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल २०८० को उपाधि दमक नगरपालिका झापाले जितेको छ । दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३–० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५÷१७, २५÷२२ र २५÷२३ को सेट हराएको थियो । उपाधिसंगै दमकले एकलाख रुपैँया हात पा¥यो भने दोश्रो हुने षडानन्दले ५० हजार रुपैँया प्राप्त गरेको छ ।
गत माघ १० बाट सुरु प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका समिप श्रेष्ठ घोषित भए । त्यस्तै प्रतियोगिताबाट बेस्ट स्पाईकर दमकका प्रदिप कट्टेल, बेस्ट सेटर दमककै मुस्कान लिम्बु, बेस्ट ब्लकर दमककै पुकार तामाङ, बेस्ट लिब्रो षडानन्दका योगेश राई र बेस्ट सर्भर आमचोकका सन्तोष राई बने । यस्तै सेमिफाईनलिष्ट बनेका भोजपुर नगरपालिका र आमचोक गाउँपालिकाले पनि समान २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।
भोजपुर जिल्ला खेलकुद विकास समिति भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका गरी कुल ८ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार