अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चित

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेका छन् र अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् ।

 

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइडेन डेमोक्रेटिक पार्टीबाट आएका छन् । मंगलबार चा र राज्य, एक अमेरिकी क्षेत्र र विदेशमा बसोबास गर्ने डेमोक्र्याटका लागि प्राइमरी निर्वाचन भएको थियो।

 

आएको नतिजाले सन् २०२० को चुनावी लडाई फेरि एकपटक देखिने पुष्टि गरेको छ । यसपटक पनि चार वर्षअघिजस्तै बाइडेन र ट्रम्प आमनेसामने हुनेछन्।

 

डेमोक्र्याट पार्टीले यस गर्मीमा आधिकारिक रूपमा बाइडेनको नाम घोषणा गर्नेछ। बाइडेनले आफ्नो अभियानमा भने, “म विश्वस्त छु कि अमेरिकी जनताले भविष्यमा अगाडि बढ्ने विकल्प छनौट गर्नेछन्।”

 

डेमोक्र्याट पार्टीमा बाइडेनका लागि कुनै गम्भीर प्रतिद्वन्द्वी थिएन, त्यसैले उनी राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित थियो। तर, ट्रम्पले आफ्नै पार्टीमा गम्भीर चुनौतीको सामना गरे र मतदानमा जित्दै रिपब्लिकन पार्टीमा सबैभन्दा लोकप्रिय बनेका छन् । निक्की हेलीले भर्खरै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

 

अमेरिकी राजनीतिमा राष्ट्रपतिको चुनावमा आफ्नो दाबी पेश गर्न दलहरूभित्र चुनाव हुन्छ, यी चुनावमा उम्मेदवारहरूले दलका सदस्यहरूबीच समर्थन जुटाउनुपर्छ। यो दौडमा जितेपछि मात्रै पार्टीको तर्फबाट राष्ट्रपतिमा कसैलाई उम्मेदवार बनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार