एकै परिवारका ३ जनासहित ८ को मृत्यू, ९ घाईते

  सिलिचुङ सम्बाददाता

 

उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीस्थित दुर्घटना भएको बोलेरो । तश्विर सिलिचुङ

 

भोजपुर । धरानबाट १६ जना यात्रु बोकेर भोजपुरको घोरेटारतर्फ हिँडेको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यू भएको छ । बिहीबार को १ ज २५९३< नम्बरको बोलेरो जिप उदयपुरको बेलका नगरपालिका ७, मैनामैनीमा दुर्घटनाग्रस्त भएको हो ।
सुनसरीको धरानबाट भोजपुर आउँदै गरेको उक्त बोलेरो बिहिबार बिहान ११ बजे भीरबाट करिब २ सय मिटर तल खसेको थियो । मृत्यू हुनेमा एकै परिवारका हतुवागढी गाउँपालिका २ दितेनीका चन्द्रप्रकाश राई, पर्वतमाया राई, डिसान राई, हतुवागढी गाउँपालिका ५ का रामकुमारी राई, किसन राई, हतुवागढी गाउँपालिका ९ का पदम बहादुर थापा, ईटहरी घर भएकी कमला अधिकारी र चालक हतुवागढी गाउँपालिका २ कै मान बहादुर बस्नेत रहेका छन् ।
गाडीमा सवार १७ जनामध्ये अन्य ९ जनाको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । गम्भिर घाईते भएका हतुवागढी गाउँपालिका २ का किसन राईको उपचारका अस्पताल पु¥याउने क्रममा मृत्यू भएको थियो जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताए । गाडीमा क्षमता भन्दाबढि यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार