गैर–आवासीय नेपाली संघ बेलायतले एनआरएनए कप गर्दै

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले एनआरएनए फुटवल कप प्रतियोगिता आयोजना गर्ने भएको छ । गैर–आवासीय नेपाली संघ बेलायतको युवा विभागले अगष्ट ३ मा फेल्थामस्थित टुडर पार्कमा एनआरएनए कप गर्ने भएको हो । यही मार्चको १२ मा सम्पन्न गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यवहाक अध्यक्ष चम्पा थापाको अध्यक्षतामा बसेको बैठकले एनआरएनए फुटवल कप गर्ने निर्णय गरेको थियो ।

बेलायतमा बसोबास गर्ने फरक फरक उमेर र लिङ्ग क्षेत्रका नेपालीहरुको शारीरिक र सिर्जनात्मक विकासमा टेवा पुगोस भन्ने उद्देश्यसहित एनआरएनए कप सम्पन्न लागिएको गैर–आवासीय नेपाली नेपाली संघ बेलायतको युवा संयोजक विशाल राईले बताए । पहिलो पटक सम्पन्न गर्न लागिएको एनआरएनए कपलाई प्रत्येक बर्ष निरन्तर गरिने पनि संयोजक विशाल राईले बताए ।

 

खेलमा २२ भन्दा बढि टिमहरुको सहभागीता हुने आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा मेन टिम, भेट्रान, सुपर भेट्रान र महिला गरी चार श्रेणी समुहमा विभाजन गरी खेल हुने भएको छ । प्रतियोगितामा मेन टिममा १८ बर्ष देखि माथिका भेट्रानमा ३६ देखि माथि, सुपरभेटानमा ४५ देखि माथि र महिलाहरुमा १८ बर्ष माथिका उमेर समुहका खेलाडीहरुको सहभागीता हुने भएको छ ।

 

सबै उमेर र लिङ्गका बेलायतमा बस्ने नेपालीहरुको खेलकुद लगायत स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित एनआरएनए कप गर्न लागिएको गैर–आवासीय नेपाली संघ एनआरएन बेलायतका महासचिव प्रमिला लावुङ राईले बताइन । प्रतियोगितामा उत्कृष्ट पुरस्कारहरु पनि राखिने उनले बताइन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार