गोर्खा सैनिकका परिवारलाई बेलायत ल्याउन २३ हजार आम्दानी भए पुग्ने

लण्डन । गोर्खा सैनिकका आफ्ना परिवारले बेलायत ल्याउँदा वार्षिक २३ हजार पाँच सय पाउण्ड भए पुग्ने भएको छ । बेलायत सरकारले बेलायत ल्याउन न्यूनतम वार्षिक आम्दानी २९ हजार पाउण्ड हुनुपर्ने तोकेको भए पनि सैन्य सेवामा रहिरहेका वा पहिले सैन्य सेवा गरेकाहरुका लागि २३ हजार ४ सय ९६ पाउण्ड भए पनि हुने बनाएको हो ।

नयाँ नियम ११ अप्रिल २०२४ देखि लागू भएको गोखा ब्रिगेड एसोसिएसनले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । बेलायती रक्षा मन्त्रीको प्रतिवद्धताअनुरुप उक्त शुल्क घटाइएको स्रोतनले उल्लेख गरेको छ ।

 

अहिले जारी गरिएको पृथक व्यवस्थाले नेपाललगायत कमनवेल्थ मुलुकहरुका नागरिकहरुले बेलायतको रक्षाका लागि दिएको महत्वपूर्ण योगदानको रक्षा मन्त्रालयले कदर गरेको पनि उल्लेख छ । ११ अप्रिलभन्दा अघि नै परिवार ल्याउनका लागि आवेदन दिइसकेका वा आवेदन दिएर भिसा पाइसकेकाहरुकाको हकमा संक्रमणकालिन व्यवस्था गरिने पनि बताइएको छ । उनीहरुलाई नयाँ व्यवस्थाकै सरहमा अन्य तवरले सुविधा दिइने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार