लन्डनको हेजमा नेपाली कथानक चलचित्र ‘‘मनसरा’’ प्रर्दशन हुदै

लन्डन । सर्वाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘मनसरा’ लन्डनको हेजमा पनि प्रर्दशन हुने भएको छ । यही आँउदो जुन १ मा हेजको द कारर्टिन ओसिस हलमा प्रर्दशन हुने भएको हो ।

 

चलचित्र प्रर्दशनका लागि टिकट विक्रि भइरहेको व्यवस्थापन पक्षले जनाएको छ । १५ पाउण्डको दरले टिकट विक्रि भईरहेको र प्रर्दशनस्थलमा समेत टिकट विक्रि गरिने भएको छ । प्रर्दशनबाट उठेको रकमलाई सामाजिक सेवामा खर्च गरिने पनि व्यवस्थापन पक्षले जनाएको छ । गोर्खा वरियर्स र इभेन्ट नेपाल युकेको व्यवस्थापनमा प्रर्दशन हुन लागेको चलचित्र बेलुकी ६ बजे हुने भएको छ ।

 

कवि उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र मनसरा मा दयाहाङ राई, मिरुना मगर र प्रविण खतिवडाको मुख्य अभिनय रहेको छ । गाउँँदेखि शहरको नजिकै बस्ने मध्यम बर्गीय समाजको यथार्थ कथाबस्तुलाई चलचित्रमा उतारिएको छ ।

 

यसभन्दा अगाडी कवड्डी त्यसको सिरिज र सर्वाधिक हिट जारी चलचित्रको कथा लेखिसकेको कवि तथा लेखक उपेन्द्र सुब्बाले जारीबाट निर्देशन पनि शुरुवात गरेको थिए । मनसरा उनले निर्देशन गरेको दोस्रो चलचित्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार