लन्डन । भर्खरै बेलायतमा सम्पन्न आम निर्वाचनबाट सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । भारी बहुमतसहित लेवर पार्टीले सरकार गठन गरेको छ ।
कन्जर्भेटिभबाट प्रधानमन्त्री बनेका ऋषि सुनाकले हारको जिम्मा लिदै पदबाट राजिनामा दिएपछि बेलायतको प्रधानमन्त्रीमा लेवरका किअर स्टारमर प्रधानमन्त्री बनेका छन । चुनावी नतिजाले १४ बर्षपछि लेवर पार्टीलाई सत्तामा फर्काएको छ । पसपटकको निर्वाचनमा सत्तारुढ दल कन्जर्भेटिभ पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको छ । बेलायतको ६५० सीटको प्रतिनिधिसभामा लेवरले ४ सय १२ सीट जीत हासिल गरेको छ । सत्ताका लागि ३२६ आवश्यक पर्छ ।
१४२ पेज सहितको महत्वपुर्ण देश सुधारको योजनासहित निर्वाचन घोषणपत्र सार्वजानिक गरेका लेवरले उनको जीतले बेलायती जनताहरुमा आशाको सञ्चार पैदा गरेको छ । लेवरले घोेषणपत्रमा उल्लेख गरेअनुसार सीमा सुरक्षा, सडक सुरक्षा राज्य तथा प्रकृतिबाट प्रडाडित भएकाहरुको देखि आतंकवादबाट सुरक्षा रहेको छ ।
अहिले बेलायतमा मत हाल्ने उमेर १८ वर्ष छ । मतदाता बन्ने उमेर घटाउने मुद्दा थियो । लेबरले १६ र १७ वर्षकाहरुलाई पनि मतदान गर्न दिन पाउने प्रावधानको पक्षधरता देखाएको छ । यो उमेर समूहलाई मताधिकार दिनुपर्ने कारणमा लेबरले ‘लोकतन्त्र जोगाउन’ भनेको छ । उसले मतदानमा प्रोत्साहन गरेर लोकतन्त्र बलियो बनाउन मतदाता नामावादी दर्तामा पनि सहजिकरण गर्ने घोषणापत्रमा उल्लेख थियो ।
लेबरको विद्यालय शिक्षा सुधार्न कार्यक्रमका लागि साढे छ हजार नयाँ शिक्षक दरबन्दी थप्ने, प्राथमिक विद्यालयमा निःशुल्क खाना दिन ब्रेकफास्ट क्लब सञ्चालन गर्ने देशभर तीन हजार नयाँ नर्सरी कक्षाहरू सञ्चालन गरेर बालबालिकाहरूलाई पढाउने योजना छ ।
लेवरको सत्तारोहणले बेलायती गोर्खा सैनिकहरुलाई फाइदा पुग्ने प्याकेज पनि आएका छन् । त्यो प्याकेज हो बेलायत प्रवेश गर्ने प्रवेशाज्ञाको तथा भिसा शुल्क मिनाहा । यसको लागि बेलायती सेनामा चार वर्ष काम गरेकाहरु लाभग्राही हुनेछन् । यद्यपि, बेलायती सेनामा काम गरेका गैरबेलायतीहरूलाई प्रवेशाज्ञा शुल्क मिनाहा भनिएपनि समान तलब तथा पेन्सनका मुद्दामा भने लेबर मौन देखिएको छ ।
चालिस हजार थप अपोइमेन्ट बढाएर स्वाथ्य सेवामा बिरामीहरुले कुनुपर्ने समय कम गर्ने लेबरले उल्लेख गरेको छ । वर्षको थप चालिस हजार अपरेसन, स्क्यान तथा अपोइन्टमेन्टहरु बढाउने, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को सिटी तथा एमआरआई सुविधा दोब्बर बनाउने, दन्त चिकित्सामा वर्षको सात लाख जनाको उपचार, क्यान्सर स्क्यानर दोब्बर बनाउने, साढे आठ हजार मानसिक स्वाथ्य विज्ञको नियुक्तिलगायतका प्याकेज लेबरले चुनावअघि एजेन्डा अघि सारेको थियो ।
साढे ६ लाख नयाँ गुणस्तरीय जागिरहरु सिर्जना गर्ने, सन् २०३० सम्म बेलायतलाई हरित उर्जा शक्ति बनाउने, क्रमशः विश्व महाशक्ति बनाउने, पानी कम्पनीहरुलाई नदि सफाइमा लाग्न बाध्य बनाउने पनि लेबरको घोषणापत्रमा राखिएको थियो ।