
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको बताए ।
अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।
भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबढ भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायीक छानविन हुनुपर्ने बताए ।
रास्वपा सभापति रवि लामिलानेलाई इर्ष्या कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै, महासचिव भुसालले गणतन्त्रमा अपेक्षाअनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।








