रविसहित ६ जनाको बयान मंगलबार सकिने

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार सकिनेछ । त्यसलगत्तै थुनछेक बहस सुरु हुने एक अधिवक्ताले जानकारी दिए ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईंको सहकारी ठगीबाहेक संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ । तीनवटा फरकफरक कसुरमा बयान लिँदा उनीहरूलाई बढी समय लागेको थियो ।

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार सकिनेछ । त्यसलगत्तै थुनछेक बहस सुरु हुने एक अधिवक्ताले जानकारी दिए ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईंको सहकारी ठगीबाहेक संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ । तीनवटा फरकफरक कसुरमा बयान लिँदा उनीहरूलाई बढी समय लागेको थियो ।

गएको सोमबार छविलालको बयान लिइएको थियो भने भोलिपल्ट उनको बयान सकेर पछाईंको बयान सुरु भएको हो । बुधबार सार्वजनिक बिदा परेका कारण पछाईंको बयान बिहीबार सकियो र लामिछानेको सुरु भयो । लामिछानेको बयान शुक्रबार सकिएको थियो ।

आइतबार भने कृष्णप्रसाद गुरुङ, गण्डकीकी पूर्वसांसद मीना गुरुङ र रामबहादुर खनालको बयान सकिएको छ । अब बयान लिन आरती गुरुङको मात्रै बाँकी छ । यिनीहरूलाई सहकारी ठगी मुद्दामा मात्र बिगो र सजाय माग गरिएको छ । सोमबार सार्वजनिक बिदा भएका कारण आरतीको बयान मंगलबार मात्रै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार