धरानको चर्चमा बालबालिकामाथि यौन दुर्व्यवहारको आरोप, प्रशासन र आयोगमा उजुरी

केही दिन अघि क्रिसमसको अवसरमा सुनसरीको धरानस्थित एक चर्चमा आयोजित नाटक ‘प्रभूको सृष्टि’ मञ्चन गर्दा बालबालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ ।

 

“हिसप चर्च धरान ” मा नाटक प्रदर्शनका क्रममा आयोजकले बालिकाहरूलाई नग्न बनाउन बाध्य पारेको र तिनका भिडियोहरू सामाजिक सञ्जाल र पोर्न साइटहरुमा अपलोड गरेको आरोप लागेको छ।

 

यसै क्रममा, नाटकको तयारीका बेला चर्च सञ्चालक आयोजकहरूले बालिकामाथि यौन दुर्व्यवहार र शोषण गरेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय महिला आयोग, र मानवअधिकार आयोगमा पास्टरको नाम किटानीसहित उजुरी दर्ता गरेका छन्।

 

घटनालाई गुपचुप राख्न इसाई समुदायका केही पास्टर र अभियन्ताहरूले भित्री बैठक गरेर गल्ती गर्नेलाई संरक्षण दिन खोजेको आरोपसमेत लागेको छ। पीडित परिवारले न्याय माग्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। स्थानीयवासीले अपराधीलाई संरक्षण दिने प्रवृत्तिले धार्मिक आस्थामाथि प्रहार हुने सामाजिक अगुवाले बताएका छन्।

 

पीडित पक्षले उजुरी दर्ता गरेपछि प्रशासनले छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ । आइतबार बिहान ११ बजे धरान ११ स्थित हिसप चर्चमा ख्रिष्टियन समुदायका अगुवाहरुले घटनामा संलग्नहरूसँग छलफल गरी क्षमायाचना गरेका थिए । उनीहरुले घटनालाई गुपचुप मिलाउन अनुरोध गरेका थिए ।

 

धरान ख्रिष्टियन समाजका अगुवाहरू, जसमा पास्टर हिमाल राई समेत रहेका छन्, घटनालाई गुपचुप मिलाउन सक्रिय भूमिका खेलिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार