एमालेले सोसल मिडियामा उग्र बन्न सिकाउँदैन, त्यसैले मलाई एमाले मन पर्छः डंगाेल

काठमाडौँ महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेकपा एमालेले सोसोल मिडिया (सामाजिक सञ्जाल) युवाहरूलाई उग्र बन्न नसिकाउने बताएकी छन्।

 

काठमाडौँको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको दिन पारेर एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै डङ्गोलले सो कुरा बताएकी हुन्। सोसल मिडियामा भाडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने भएकाले आफूलाई एमाले मनपर्ने पनि उनले बताइन्।

 

उनले सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर देश नबन्ने भन्दै देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने बताइन्। साथै डङ्गोलले आफूले महानगरमा राम्रो काम गरेकाले आफूमाथि आक्रमण भइरहेकोसमेत बताइन्। उनले एमालेले राम्रो काम गरेकाले पार्टीमाथि पनि आक्रमण भइरहेको जिकिर गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार