नेपाली झल्को दिने बेलायतमा भब्य मेला । मेलामा यस्तो देखियो (तस्विरहरु)

लन्डनको केम्पटन पार्क रेसकोर्समा २४ अगष्ट २५ मा विविध सांस्कृतिक प्रस्तुतिहरुका साथ १६औं नेपाली मेला सम्पन्न भयो । तमुधिं यूकेको आयोजना र बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा मेला सम्पन्न भएको हो । बिहान १० देखि बेलुका ९ बजेसम्म कार्यक्रम सम्पन्न भएको थियो ।

 

मेलामा करिब ७० भन्दा बढी स्टल, ३५ भन्दा बढी झाँकी र १५ भन्दा बढी सांस्कृतिक प्रस्तुति प्रस्तुत हुनुको साथै मौलिक नृत्य र लोकसंगीतका साथै भेषभूषा, हस्तकला तथा नेपाली परिकारका विविध स्टलहरु पनि रहेको थियो ।

 

मेलामा प्रमुख अतिथि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियन्ता कुलमान घिसिङ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार