एनआरएनको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लन्डन — गैर–आवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबरमा हुने १२ औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि बेलायत निवासी डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै डा. शर्माले संस्थालाई पुस्तौंसम्म धरोहर बनाउने अठोटसहित अध्यक्षमा उम्मेदारीको घोषणा गरेका छन ।

 

शर्माले उम्मेदवारी घोषणासँगै संघलाई एकीकृत, समावेशी, प्रविधिमैत्री नतिजामुखी सहित संघलाई आर्थिक राजनीतिक र वाह्य हस्तक्षेप प्रभावबाट जोगाउनमा केन्द्रित रहेर आफ्नो प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन् । उनले पूर्वअध्यक्षहरुले जस्तै ज्ञानसीप, नवप्रवर्तन र आर्थिक लगानीहरु भित्राउने जस्ता प्रतिवद्धतालाई जोड दिएको छ ।

 

शर्मा अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका उपाध्यक्ष हुन । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो । बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा प्राध्यापन गर्दै आएका शर्मा त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रको गोल्ड मेडलिष्ट समेत हुन । उनले फ्रि युनिभर्सिटी बर्लिनबाट भौतिकशास्त्रमा पीएचडी गरेका छन ।

 

सन् २०१९ देखि २०२१ सम्म एनआरएनएको महासचिवमा समेत भएका शर्मा लामो समयदेखि एनआएरएन अभियानमा निरन्तर क्रियाशिल छन ।

 

नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले संसारभरीका विज्ञहरुलाई नेपालसंग जोडन महत्वपुर्ण भुमिका खेलेका कारण पनि उनी विश्वभरिका एनआरएनमाझ परिचित छन ।

 

शर्माले एनआरएनलाई विश्वव्यापी, समावेशी, निष्ठामा आधारित गतिशिल संस्था बनाउन स्पष्ट रोडम्याप रहेको बताउदै हालसम्मको नेतृत्व भन्दा फरक पृष्ठभुमी भएकाले फरक दृष्टिकोणसहित एनआरएनलाई नयाँ दिशामा लैजाने प्रतिवद्धता गरेका छन ।

 

बाग्लुङ जन्मिएका शर्मा २००७ देखि बेलायतमा प्राध्यपन पेशमा रहदै आएका छन । उनी २० बर्षदेखि एनआरएनएको अभियानमा निरन्तर रुपमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार