लन्डन । लोक लिम्बू गीत–संगीतमा निरन्तर लागिरहेका भक्ति आङदेम्बे धेरैका लागि परिचित नाम नहुन सक्छ । उनी लोक लिम्बु संस्कृतिको गीत–संगीतमा उत्थान र जगेर्नामा निरन्तर काम गरिरहने सर्जकभित्र पर्छन ।
अहिलेसम्म तीन दर्जन भन्दा बढी लिम्बु लोक गीत बजारमा ल्याइसकेका भक्ति आङदेम्बे गायक, संकलन र संगीतकार आफै हुन । २०१५ सालमा फाल्गुनन्द गाउँपालिका–७ आङसाराङमा जन्म भएका आङदेम्बे बाल्यकालदेखि गीत–संगीतमा रुचि राख्दै आएका थिए । औपचारिक रूपमा नेपाली सांगीतिक बजारमा उपस्थिती देखिएको लामो समय नभएपनि उनको लगाव, अध्ययन र अनुसन्धान भने निरन्तर रुपमा चलिरहे ।
किशोरअवस्थामै बेलायती सेनामा भर्ना भएर औपचारिक गीत–संगीतमा समय दिन नपाएका उनले फुर्सदमा गीत–संगीतलाई नै समय दिए । जसले गीत–संगीतबाट टाढा राखेन भने गीत–संगीतबाट उनी ताजै रहे ।
उनले २०१७ सालमा बजारमा ल्याएको “लेपरी कङदङ”बोलको गीत–संगीतप्रेमीहरूले अधिक रुचाए । उनकै शब्द संगीत र स्वरमा यो गीत हाक्पारे पालम शैलीमा छ । यसमा लिम्बूहरुको संस्कार संस्कृतिलाई झल्काउँछ ।
१९९९ सालमा बेलायती गोर्खा सैनिकबाट निवृत भएर स्थायी रुपमा लन्डनको साउथ हेरोमा बस्दै आएका उनले गीत–संगीतमा समय दिन थाले । गाउँघरको उकाली, ओराली घाँस, दाउरा मेलापात गर्दा कानमा गुञ्जिएका ती पालमहरु कर्मको सिलसिलामा हाल बेलायत बसोबास गरिरहेका भक्तिलाई गीत–संगीतको गहिरो लत बसेको छ ।
भक्ति भन्छन – “धेरै गीतमा आफैंले लय, शब्द बनाएर आवाज दिएको छु । गीतहरूमा सकेसम्म राम्रो गर्न खोजेको छु । निरन्तरताले उत्कृष्ट काम गर्न सकिन्छ भन्ने लाग्छ ।”
सानै उमेरदेखी गाउँमा पालमहरु गाएका भक्तिले धेरै कलाकारहरुसँग काम गरिसकेका छन । भक्ति भन्छन – “धेरै गीतमा आफैंले लय, शब्द बनाएर आवाज दिएको छु । गीतहरूमा सकेसम्म राम्रो गर्न खोजेको छु । निरन्तरताले उत्कृष्ट काम गर्न सकिन्छ भन्ने लाग्छ ।”
पहिलो गीत देखी हालसम्म आउँदा उनले यो क्षेत्रको धेरै घामपानी भोगेका छन । २२ बर्षसम्म सैनिक जीवन विताएर गीत ल्याउन नपाएका उनले अहिले निरन्तर रुपमा गीत बजारमा ल्याइरहेका छन । उनकै लय, शब्द र आवाजमा बजारमा आएको गीत चर्चा कमाउन सफल भएको छ ।
उनले अन्य कलाकारहरुको लय, शब्दमा समेत आवाज दिएका छन । जस्तो लाङमा उङमा गीतमा शब्द सन्ध्या लिम्बुको छ । जसमा भक्तिले आवाज दिएका छन । यो गीत धेरैले मनपराएको छ । सायद गुणस्तरमा कुनै सम्झौता नभएकोले पनि गीत मन पराएको हुनसक्छ ।
भक्तिले “केसमी साम्लो” गीत पनि भर्खरै बजारमा ल्याएका छन । उनको आफ्नै शब्द ,लय र आवाज रहेको यस गीतमा गायक गंगा पियाङकले आवाज भरेका छ्न । गायक आङदेम्बेले अर्का गायक दिलिप फुरुम्बोसंग पनि स्वर भरेका छन ।
अर्को गीत हो “लुङमाओ केयुङ्लो” भन्ने गीत बजारमा आएको छ । उनकै शब्द ,लय, आवाज रहेको यस गीतमा आवाजमा गंगा पियाङक, सुमन लिम्बु र सिर्जना जवेगुले साथ दिएका छन । गायक भक्ति भन्छन – “आफ्नै सँस्कृतिको गीत गाउन पाउँदा भाग्यमानी ठानेको छु । मेरो गीतमा विशेष गरेर मुन्धुमको बिषय हुन्छ ।”
अर्को गीत हो “लुङमाओ केयुङ्लो” भन्ने गीत बजारमा आएको छ । उनकै शब्द ,लय, आवाज रहेको यस गीतमा आवाजमा गंगा पियाङक, सुमन लिम्बु र सिर्जना जवेगुले साथ दिएका छन । गायक भक्ति भन्छन – “आफ्नै सँस्कृतिको गीत गाउन पाउँदा भाग्यमानी ठानेको छु । मेरो गीतमा विशेष गरेर मुन्धुमको बिषय हुन्छ ।”
उनले गाएको अधिकांश लिम्बु भाषामै छ । अधिकांशमा उनकै लय, शब्द संगीत छ । जसमा उनको गीतले लिम्बु संस्कार संस्कृतिको गहिरो सम्बन्ध राख्छ । तिजको गीत पनि गाएका छन । भक्तिको गीतमा माया, प्रेम, भावना, वेदनासंगै लिम्बुहरुको मुन्धमलाई गीत–संगीतबाट दर्शाएको हुन्छ । लिम्बुहरुको जन्म, बिवहा र मृत्यूलाई राम्रो ढंगबाट दर्शाएको भक्तिको स्वर सुन्न सक्छौ ।
लिम्बु भाषामा गीत गाएका भक्तिले पालम हाक्पारे बिशेष गरेर लिम्बु संस्कृतिको गीतमा थुप्रै कलाकारहरुहरुसँग सहकार्य गरेका छन ।लोक संगीत लिम्बु संस्कृतिका जीवन्त गीतमा आवाज भर्न र अन्य कलाकारहरुसंग सहकार्य गर्न पाउदा भक्ति फुरुङ्ग भएका छन । उनले गाएका अधिकांश गीतमा स्वयंकै लय, शब्द र स्वर रहेको छ । उनले राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरूसँग सहकार्य गर्ने मौका पाएका छन ।
अहिले धेरै जना जो लिम्भु भाषा जान्ने र चाहने दर्शकको मन मुटुमा बस्न सफल छन लोक संस्कृति गायक भक्ति आङदेम्बे । गीत–संगीतले कमाएको सफलता नै उनको वास्तविक कमाई हो । उनले यो क्षेत्रमा यति धेरै योगदान दिएपनि समाजमा उनले पाउनुपर्ने प्रशंसा भने पाउन बाँकी छ । उनका गीत धेरै श्रोताले सुनेपनि गायकको रुपमा जुन चर्चा हुनुपर्ने हो त्यो उनले पाउन बाँकी नै छ ।
जीवनको आधा उमेर पाँच दशक पुगिसक्दा पनि आङदेम्बेको क्रियाशिलता र आत्मविश्वासले जो कसैका लागि उर्जावान बनाउँछ । सामाजिक कार्यमा उत्तिकै क्रियाशिल उनी नयाँ आउने पिँढीहरुलाई संस्कार संस्कृति सिकाउन उद्दत छन । च्याबु्रङ बजाउन सीपालु उनले विवहा सामाजिक कर्म लगायत साँस्कृतिक कार्यक्रमहरुमा च्याबु्रङ बजाउने गरेका छन । अहिले उनी बेलायतमा संगीतसंगै लिम्बुहरुको संस्कार सँस्कृतिहरु नयाँ पुस्तालाई सिकाईरहेका पनि छन ।