गोंगबुको एक घरमा प्रहरीको छापा, साढे ३ करोड नगद र सुन बरामद

प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

 

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार