
लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले सल्लाहकारमा बरिष्ठ पत्रकार भगिरथ योगी र समाजसेवी कुमार लामालाई मनोनित गरेको छ । सोसाइटीको हालै सम्पन्न बैठकले बरिष्ठ पत्रकार योगी र समाजसेवी लामालाई सल्लाहकारमा मनोनित गरेको हो ।
लामो समयदेखि पत्रकारितामा त्रियाशिल अग्रज पत्रकार योगी प्रतिष्ठित मिडिया विविसी नेपाली सेवा लगायत विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भुमिका रहेर काम गरिसक्नु भएको अनुभव छ । उहाँलाई नेपाली पत्रकारिता जगतको अभिभावक मान्ने गरिन्छ ।
विभिन्न सामाजिक सेवामा क्रियाशिल रहदै आएका लामा तामाङ समाज बेलायतको दुईपटक अध्यक्ष रहेर समाजसेवमा क्रियाशिल व्यक्ति हुन । नेपालमा रहदाँ सञ्चार क्षेत्रमा काम गरेको उहाँसंग अनुभव छ । लामासंग क्यामेरामेन र दृश्यसम्पादनको लामो अनुभव छ । बेलायतमा नेपाली संस्कार संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने अभियानमा लामा निरन्तर रुपमा लागिरहनुभएको छ ।
नेपाली पत्रकारितालाई अझ फराकिलो ढंगले अगाडी बढाउन र संस्थालाई अझ बृहत बनाउनका लागि पत्रकारितामा लामो अनुभव भएका व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनित गरिएको नेपाली मिडिया सोसाइटी यूकेका अध्यक्ष किरण राईले बताए । अन्य संस्थाभन्दा फरक ढंग र सोचका साथ संस्था गठन गरिएको हुदाँ सबै मिडियाकर्मीहरुलाई नेपाली मिडिया सोसाइटी यूकेको छातामा समेटेर लैजाने पनि अध्यक्ष राईले बताए ।
बेलायतमा बसोवास गरी डिजिटल मिडियामा क्रियाशिलतामा मिडियाकर्मीहरुले गत जुनमा नेपाली मिडिया सोसाइटी यूके गठन गरेको थियो । बेलायतमा नेपालीहरुको सघन बसोबास बृद्धि भइरहेको अवस्थामा डिजिटल मिडिया माध्यमबाट नेपाली कला, संस्कृति, भाषा, धर्म संस्कार जगेर्ना र मातृ देशसंग जोडने उद्देश्यसहित नेपाली मिडिया सोसाइटी गठन भएको पनि अध्यक्ष राईले बताए ।







