
लन्डन । संगीतको माध्यमबाट नयाँ पुस्तालाई भाषा, धमर्, संस्कार र संस्कृतिलाई जोडने उद्देश्यसहित लन्डनको हेरोमा नेपालको चर्चित ब्यान्ड मंगोलियन हर्टको सांगीतिक कन्सर्ट हुदैछ । बेलायतमा पहिलो पटक लन्डनको हेरोस्थित हेरो लिजर सेन्टरमा यही शनिवार मंगोलियन हर्टको ब्यान्ड सहित टोलीको सांगीतिक प्रस्तुती हुदैछ ।
मंगोलियन हर्टको गायक राजु लामासहित व्यान्डका सम्पुर्ण टोली सहभागी कन्सर्ट जिटी वेस इन्टरटेन्मेन्टले आयोजना गरेको हो ।
नेपाली म्यूजिकसंग नयाँ पुस्तालाई जोडने अभिप्रायका साथ मंगोलियन हर्टको कन्सर्ट आयोजना गरिएको जिटी वेस इन्टरटेन्मेन्टका निर्देशक रोज लामाले बताए । म्यूजिकले भाषा बोल्ने, धर्म संस्कार संस्कृति र नेपालीपना दिने भएकाले कन्सर्टको आयोजना गरिएको पनि निर्देशक लामाले बताए ।
मंगोलियन हर्टका गायक राजु लामाले बेलायतमा यसभन्दा अघि एकल सोलो प्रस्तुती दिएपनि यसपटक भने आफ्नो व्यान्ड सहित पहिलो पटक प्रस्तुती दिदैछ ।
बेलायतमा रहेका नयाँ पुस्ताहरुले विर्सदै गएको भाषा, धर्म संस्कार र संस्कृतिहरुमा अभिरुची प्रदान गर्नका लागि सांगीतिक कन्सर्ट गरिएको जनाएको छ ।
सांगीतिक कन्सर्टका लागि धमाधम टिकट विक्रि वितरण भईरहेको पनि आयोजक पक्षले जनाएको छ । उक्त हुने कन्सर्टका लागि https://sahisearch.com मा गएर टिकट बुकिङ गर्न सकिने पनि आयोजक पक्षले जनाएको छ । २ हजार भन्दा बढि दर्शकको सहभागी हने आयोजक पक्षले अपेक्षा गरेको छ ।







