गोर्खा अभियान्ता कृष्णकुमार राई समानुपातिकको बन्दसुचीमा समावेश

  तेज कुमार माबो ''मुस्कान''

लन्डन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेदवारहरुकोनामावली निर्वाचन आयोगमा बुझाएका छन् निर्वाचनका लागि आइतबार सोमबार समानुपातिकको बन्दसूचीबुझाउनुपर्ने समय थियो सोहीअनुसार ६४ वटा दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन

 

हालै माओवादी, एकीकृत समाजवादी सहित साना कम्युनिष्ट घटकहरू सहित एकीकृत भएका पार्टी नेकपाले बुझाएको बन्दसूचीमा गोर्खा अभियान्ता कृष्णकुमार राईको नाम पनि समानुपातिकको बन्दसुचीमा समावेश भएको छ ।

 

 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति समेत रहेका राई नेकपा माओवादीको प्रवास संगठन  जनप्रगतिशिल मन्च यूकेका सल्लाहकार समेत हुन ।

 

 

राई तीन दशकदेखि ब्रिट्रिस भूतपुर्व गोर्खा सैनिकहरूको बिभेद अन्त्यका लागि भईरहेको समानताको आन्दोलनको मोर्चामा निरन्तर रूपमा लाग्दै आएका  व्यत्तिभित्र पर्छन । पार्टीले राईको नाम समानुपातिकको बन्दसुचीमा राखेपछि जनप्रगतिशिल मन्च यूकेले खुसी साथै पार्टी नेतृत्वप्रति धन्यवाद ब्यत्त गरेको छ । प्रवासमा रहेका समग्र नेपालीहरूको भावना र प्रतिनिधित्वलाई पार्टी र नेतृत्वले सम्मान र न्याय गरेको जनप्रगतिशिल मन्च युकेका अध्यक्ष बिमला लिम्बुले बताईन ।

 

 

राई हाल नेकपाका केन्द्रीय सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार