नेपाली फुटबलमा ठूलो झट्का: एन्फालाई फिफाद्वारा अनिश्चितकालका लागि निलम्बन

काठमाडौं, ११ असार । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

यस निलम्बनसँगै एन्फाले फिफाको सदस्यका रूपमा पाउने सम्पूर्ण अधिकारहरू गुमाएको छ। साथै, फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त हुने सदस्यता सुविधाहरू पनि तत्कालका लागि खारेज भएका छन्।

फिफाका अनुसार यो निलम्बन कायम रहेसम्म एन्फासँग आबद्ध नेपालको कुनै पनि राष्ट्रिय फुटबल टोली तथा नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैनन्। अर्को सूचना जारी नहुँदासम्मका लागि यो निलम्बन लागू रहने फिफाले स्पष्ट पारेको छ, जसका कारण नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रा ठप्प हुन पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार