
चितवन, १२ असार ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत सबैभन्दा बढी चासोका साथ हेरिएको खुलातर्फको ३२ जना केन्द्रीय सदस्य पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले आज सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार खुलातर्फका लोकप्रिय उम्मेदवार डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेर शीर्ष स्थान हासिल गर्नुभएको छ।
डा. वाग्लेले कुल २ हजार ६ सय ५६ मत प्राप्त गर्नुभएको छ भने दोस्रो स्थानमा रहनुभएकी सोविता गौतमले २ हजार ६ सय ४१ मत पाउनुभएको छ।
खुलातर्फ निर्वाचित ३२ केन्द्रीय सदस्य र उनीहरूले पाएको मत:
रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ निर्वाचित ३२ जना केन्द्रीय सदस्यहरूको मत परिणाम (धेरै मत पाउनेदेखि क्रमशः) यस प्रकार रहेको छ:
शीर्ष १० भित्र पर्न सफल उम्मेदवारहरू:
-
डा. स्वर्णिम वाग्ले – २,६५६ मत
-
सोविता गौतम – २,६४१ मत
-
शिशिर खनाल – २,५३८ मत
-
सागर ढकाल – २,३७६ मत
-
डा. तोसिमा कार्की – २,३०२ मत
-
रञ्जु दर्शना – २,२९३ मत
-
मनिष झा – २,२८१ मत
-
हरि ढकाल – २,२६२ मत
-
कवीन्द्र बुर्लाकोटी – २,२२७ मत
-
विपिनकुमार आचार्य – २,१६९ मत
११ देखि २२ औँ स्थानसम्मका उम्मेदवारहरू:
-
रमेश प्रसाईँ – २,१६६ मत
-
निशा डाँगी – २,१३२ मत
-
विराजभक्त श्रेष्ठ – २,१२३ मत
-
इन्दिरा राना मगर – २,०९० मत
-
गणेश पराजुली – २,०८७ मत
-
पुकार बम – २,०७० मत
-
जगदीश खरेल (ललितपुर) – २,०६५ मत
-
शुलभ खरेल – २,०४३ मत
-
यज्ञमणि न्यौपाने – १,९०३ मत
-
प्रमोद न्यौपाने – १,८९२ मत
-
सस्मित पोखरेल – १,८६४ मत
-
रिमा विश्वकर्मा – १,८४५ मत
२३ देखि ३२ औँ स्थानसम्मका उम्मेदवारहरू:
-
रघुराज पाण्डे – १,८४० मत
-
राजीव खत्री – १,७४५ मत
-
समीक्षा बास्कोटा – १,७३९ मत
-
गणेश कार्की – १,७३४ मत
-
खगेन्द्र सुनार – १,७३३ मत
-
अशिम शाह – १,७३० मत
-
हिमेश पन्त – १,६५० मत
-
जगदीश खरेल (दोलखा) – १,५५२ मत
-
गीता चौधरी – १,५३७ मत
-
लिमा अधिकारी आचार्य – १,५३६ मत
समावेशी र प्रादेशिक सन्तुलनको अवस्था
खुलातर्फको नतिजासँगै रास्वपाले आफ्नो केन्द्रीय कमिटीमा समावेशी र प्रादेशिक सन्तुलनलाई पनि पूर्ण रूपमा व्यवस्थापन गरेको छ। निर्वाचन आयोगका अनुसार विभिन्न क्लस्टर र प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूको विवरण यस प्रकार छ:
क) समावेशी समूह (क्लस्टर) तर्फ:
-
खस आर्य: १० जना
-
आदिवासी जनजाति: ९ जना
-
मधेसी: ५ जना
-
दलित: ४ जना
-
थारु: २ जना
-
मुस्लिम: २ जना
ख) प्रादेशिक सन्तुलनतर्फ:
पार्टी संरचनालाई देशव्यापी रूपमा सन्तुलित बनाउन सातै प्रदेशबाट समान ५–५ जनाका दरले केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन्।
खुलातर्फका लोकप्रिय अनुहारहरू, समावेशी क्लस्टर र प्रादेशिक प्रतिनिधित्व सहितको यो बलियो टोलीले रास्वपाको आगामी रणनीतिक यात्रा र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्।








