सेयर बजारमा मन्दी: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ अर्ब ६७ करोडमा सीमित

:

काठमाडौँ, १५ असार । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार १६.५४ अङ्कले घटेर २,६३२.९६ को विन्दुमा झरेको छ।

यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८४ अङ्कले ओरालो लाग्दै ४५५.८३ को विन्दुमा सीमित भएको छ।

कारोबार विवरण र बजार पूँजीकरण

आज बजारमा कुल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर खरिदबिक्री भयो। दिनभरिको उतारचढावपछि कुल रु २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ बराबरको आर्थिक कारोबार भएको छ। आजको कारोबारपछि कुल बजार पूँजीकरण रु ४५ खर्ब ९ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ कायम भएको छ।

शीर्ष स्थानमा रहेका कम्पनीहरू

धेरै कारोबार हुने कम्पनी:

कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैङ्क शीर्ष स्थानमा रह्यो। यसबाहेक शीर्ष पाँच स्थानमा पर्न सफल अन्य कम्पनीहरू यसप्रकार छन्:

१. ग्लोबल आइएमई बैङ्क

२. सोपान फर्मासिटिकल्स

३. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड

४. रिलायन्स स्पिनिङ मिल्स

५. आँखु खोला जलविद्युत् कम्पनी

आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू:

शीर्ष कमाउने कम्पनीहरू (Top Gainers) शीर्ष गुमाउने कम्पनीहरू (Top Losers)
टक्सार पिलुवा खोला हाइड्रोपावर स्वाभिमान लघुवित्त
याम्बलिङ हाइड्रोपावर सोपान फर्मासिटिकल्स
स्नो रिभर लिमिटेड एशियन हाइड्रोपावर
धौवागिरी लघुवित्त शिखर पावर डेभलपमेन्ट
नेपाल एसबिआई बैङ्क (ऋणपत्र) कालिञ्चोक हाइड्रोपावर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार