
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ (नकटआउट चरण) मा प्रवेश गरेको छ।
अमेरिकाको डलास रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नर्वेले आइभरी कोस्टमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित दर्ता गर्यो।
हल्याण्डको निर्णायक गोलले नर्वेलाई दिलायो जित
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल पस्किएका थिए। खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले उत्कृष्ट गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै आइभरी कोस्टलाई १–१ को बराबरीमा ल्याए।
खेल बराबरीतिर धकेलिरहेका बेला विश्वप्रसिद्ध स्ट्राइकर एर्लिङ हल्याण्ड चम्किए। खेलको ८६औँ मिनेटमा हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा आइभरी कोस्टले गोल फर्काउन नसकेपछि नर्वेले नकटआउट यात्रा तय गर्यो।
अन्तिम १६ मा महाभिडन्त:
अब क्वाटरफाइनल प्रवेशका लागि अन्तिम १६ को खेलमा नर्वेले बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ।
विश्वकपमा आज राति र भोलि बिहान हुने खेलहरू:
विश्वकपको अन्तिम–३२ (Round of 32) अन्तर्गत आज र भोलि दुई वटा रोमाञ्चक खेलहरू हुँदैछन्:
-
खेल १: फ्रान्स विरुद्ध स्विडेन — आज राति २:४५ बजे
-
खेल २: मेक्सिको विरुद्ध इक्वेडोर — भोलि बिहान ६:४५ बजे








