भोजपुर । भोजपुरबाट धरान जाँदै गरेको दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले दुईजना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए ।
पक्राउ पर्ने ट्रक चालकहरू धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका– ५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिनुका साथै दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।








