जडिबुटीको व्यवसायिक प्रवद्र्धनदेखि बेमाैसमी खेतीसम्म जोड : उपाध्यक्षकी उम्मेदवार

  सिलिचुङ संवाददाता

काठमाडौं । सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवार दिएकी धुस्कुन निवासी २८ वर्षिया मिना लामाले जडिबुटीको व्यवसायिक प्रवद्र्धनदेखि बैमासमी खेतीमा जोड दिएकी छिन् । गाउँपालिकामा चिराइतो, पाँचऔंले, जटामसीलगायत जडीबुटी प्रशस्त पाइने भएकाले यी वस्तुहरूको उत्पादन, प्रशोधन र बजारिकरणमा जोड दिने उनले बताइन् ।


यस्तै गाउँपालिकामा अलैंची, किवी र स्ट्रबेरी खेतीको पनि प्रशस्त संम्भावना भएकाले थप अध्ययन गरी व्यवसायी उत्पादन र बजारिकरणमा गाउ“पालिकाले सहयोग गर्ने योजना रहेको उनले सुनाइन् । ‘घाँस र चरन क्षेत्र प्रशस्त भएकाले पशुपालनमा पनि जोड दिनेछौं,’ उनले भनिन्, ‘वास्तविक किसानको पहिचान गरी पशुपालनलाई अनुदान दिनेछौं, धुस्कुनमा रहेको डेरीलाई अझै प्रभावकारी बनाउँछौं ।’

गाउँपालिकाभित्र उत्पादन भएका साग, काक्रो, फर्सीलगायत तरकारीहरुलाई बजारसम्म पु¥याउन गाडीको व्यवस्था गर्ने उनको योजना छ । ‘त्रिपुराबासीलाई कृषिमा आत्मनिर्भर बनाउन उन्नत जातको बिउबिजन, समय अनुसार सिपमुलक तालिम दिइनेछ,’ उनले भनिन्, ‘पानी कम भएको ठाउँमा थोपा सिचाँइ लगायत विभिन्न प्रविधिलाई अवलम्बन गरिर्नेछौं ।’

देशभर आइपर्ने रासयनिकको मलको समस्या समाधान गर्न स्थानीय तहमा नै प्राङगरिक मल उत्पादनमा जोड दिने उनले सुनाइन् । खोलानाला प्रशस्त भएको ठाउँमा सिंचाईका लागि कुलो नहर निर्माण गरिनेछ । खेतियोग्य जमिन बाँझो राख्न नदिनका लागि किसानलाई प्रोत्साहित गर्ने र उनीहरुको इच्छाअनुसारका तालिम दिई स्वरोजगार बनाइनेछ ।

अर्गानिक खेतीको विकास गर्ने, रैथाने बिउहरूको संरक्षण र विकास, कृषिमा आधारित घरेलु उद्योग स्थापनामा गाउ“पालिकाले सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार