भोजपुर सेवा समाज बेलायतको अध्यक्षमा सुदेशकमार राई

लन्डन । भोजपुर सेवा समाज बेलायतको अध्यक्षमा सुदेशकुमार राई चयन भएको छ । समाजको शनिवार सम्पन्न भएको पाँचौं अधिवेशनबाट राई अध्यक्षमा चयन भएको हो ।

 

लन्डनको सटवरीमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बिमलाकुमारी राई र उपाध्यक्षहरुमा नीता राई, विकास राई र उमेशराज तामाङ चयन भएका छन । अधिवेशनले रोम मुकारुङ राई, सचिवमा किरण राई र सहचिवमा सञ्जय राई चयन गरेका छन । त्यसैगरी कोषाध्यक्षमा मदन राई, सहकोषाध्यक्षहमा नीलम राई र रविन राई चयन भएका छन ।

 

सदस्यहमा दिवन राई, पञ्चबहादुर तामाङ, निमतेन्जी शेर्पा, सिबु राई, मनबहादुर राई, सीताराम खत्री र रमेश कार्की चयन भएका छन ।

 

भोजपुर सेवा समाजका अध्यक्ष कृष्णबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका संस्थापक सुमनचन्द्र राई सल्लाहकारहरु धर्म तामाङ र दिलमान राईको पनि उपस्थिती रहेको थियो ।

 

भोजपुर सेवा समाज बेलायत भोजपुरमा जन्मघर भई बेलायत कर्मथलो बनाउने भोजपुरेहरु रहेको भोजपुर सेवा समाजका अध्यक्ष कुष्णबहादुर राईले बताए । अहिले हामी भोजपुरमा नवसे पनि हाम्रो इतिहास भोजपुरसंग जोडिने संयोजक राईले बताए । भोजपुर सेवा समाज बेलायतले जिल्लाको विकास निमार्ण लगायतहरुमा योगदान दिने काम गर्दै आएकोे पनि बताए ।

 

कार्यक्रममा भोजपुर सेवा समाज बेलायतका संस्थापक सुमनचन्द्र राई र सल्लाहकार धर्म तामाङले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । निर्वाचित कार्यसमितिको तीनबर्षे कार्यकाल रहने छ । कार्यक्रममा उच्चा शिक्षा हासिल गर्ने क्रममा उच्च अंक ल्याउने विद्यार्थीहरु सम्मान गरिएको थियो ।

तस्विरहरु

भिडियो हेर्नेहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार