गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने नेकपा एसको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालयको ३२ औं वैठकले सो निर्णय गरको हो ।

 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गत असार १३–१४ मा आयोजित केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल गरेको थियो । बैठकले चारवटा निर्णय गरेको महासचिव बेदुराम भुसालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

संगठन सुदृढीकरण अभियान तदारुकताका साथ अगाडि बढाउन र समाजवादबारे पार्टीको अवधारणासम्वन्धी दस्तावेज तयार गर्ने वैठकको निर्णय छ । यस्तै, वर्तमान आर्थिक समस्याबारे पनि पार्टीले एक प्रस्ताव तयार गर्ने भएको छ । चौंथो निर्णयमा पाँचदलीय गठवन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने भनिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार