बेलायतमा चलचित्र ‘‘सोल अफ द कमाण्डो’’ को प्रिमियर सम्पन्न

  किरण राई

लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘‘सोल अफ द कमाण्डो’’ को प्रिमियर शो बेलायतमा गरिएको छ । बेलायतको अल्डसर्टस्थित प्रिन्सेस हलमा शनिवार २७ अगष्टमा चलचित्रको प्रिमियर शो गरिएको हो ।

 

प्रिमियर सो प्रर्दशनमा बेलायतमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । दिउँसोको २ बजेदेखि शुरु भएको प्रिमियर शो हेर्न बेलायतका विभिन्न स्थानबाट उत्साहका साथ दर्शकहरु उपस्थिती भएका थिए ।

 

प्रिमियर शो पछि अभिनेता तथा खेलाडी राजकुमार राईले फिल्म सबैले मन पराएकोमा खुशी व्यक्त गरे । राईले नेपाली फिल्म राम्रो बनाउन नेपाली दर्शकले साथ, सहयोग र प्रतिक्रिया दिनुपर्ने आवश्यक रहेको पनि बताए । चलचित्र हेरिसकेपछि चलचित्रको विषयवस्तु उत्कृष्ट रहेको सामाजिक अभियान्ता विमला राईले बताइन । चलचित्रले आर्मीको सघर्षलाई पर्दामा उतार्नु एकदमै राम्रो रहेको पनि राईले बताइन ।

 

बेलायती सेनामा कार्यरत एक युवाको बास्तविक कथाबस्तुमा निमार्ण गरिएको चलचित्रमा गोर्खा सैनिकहरुको बास्तविक कथाबस्तु र उनको जीवनसंग सम्बन्धित बिषयलाई चलचित्रमा उतारिएको छ । बेलायती सेनामा काम गर्ने सैनिकहरुको बहादुरीता, दुख, कष्ट र संवेदनाहरुलाई सबैलाई बुझाउन विम्वात्मक रुपमा गोर्खा सैनिकको वास्तविकता झल्काउन चलचित्र सोल अफ द कमाण्डोले प्रयास गरेको छ ।

 

चलचित्रको कथा लेखन पनि बेलायती गोर्खा सैनिकले नै गरेका हुन भने चर्चित खेलाडी तथा अभिनेता राजकुमार राई पनि पुर्व वेलायती गोर्खा भूतपूर्व सैनिक नै हुन ।

 

नेपालको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर) ले गरेका हुन । विजया राईको प्रस्तुती रहेको चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन ।

 

‘प्रिमियर शो उत्साहजनक भएको र चलचित्रले सफलता पाउनेमा ढुक्क पनि छौं’ प्रस्तुतकर्ता विजया राईले भनिन ‘सबै दर्शकहरुको माया पाउनेमा विश्वास्त छौं ।’

 

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ ।

 

चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन भने गीत राजकुमार राई र चत्तुरभक्त राईले लेखेका हुन । चलचित्रको द्धन्द्ध एनवी महर्जनको हो भने छायांकन दीर्घ गुरुङले गरेका छन । प्रिमियर शोमा कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार