सुनिताले गोविन्दालाई माफी दिने

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध फेरि एकपटक मिडियाको केन्द्रमा पुगेको छ। विवाहबाह्य सम्बन्धको आरोपदेखि सम्भावित डिभोर्ससम्मका हल्लाबीच दुवैले सार्वजनिक रूपमा आफ्ना धारणा राखेपछि चर्चा झनै चुलिएको हो।

 

हालै पत्रकारसँग कुरा गर्दै सुनीताले गोविन्दालाई माफ गर्ने सम्भावना खुला राखिन्। उनले भावुक हुँदै भनिन् कि गोविन्दा उनका बाल्यकालका प्रेमी हुन् र यदि उनी व्यवहारमा परिवर्तन ल्याएर परिवारअनुसार चल्न तयार भए, आफू माफ गर्न तयार रहेको बताइन्।

 

साथै उनले आफू मेनोपोज (रजोनिवृत्ति)को अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा श्रीमान् र सन्तानको साथ अत्यन्त आवश्यक हुने बताइन्। ‘यो उमेरमा तनाव होइन, साथ र माया चाहिन्छ,’ भन्ने उनको सन्देश थियो।

 

गोविन्दासँग सीधै कुरा गर्दा उनी हाँसेर टार्ने गरेको र पछिल्लो समय उनको ‘संगत राम्रो नभएको’ आरोप पनि सुनीताले लगाइन्। उनले आफूले पहिले गोविन्दाको करिअर र इमेज निकै सन्तुलित राखेको दाबी गर्दै अहिले वरिपरिका मानिसले गलत प्रभाव पारेको संकेत गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार