
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले माल्दिभ्समा चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । माल्दिभ्सका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार नेपालले माल्दिभ्ससहित श्रीलंका र बंगलादेश सम्मिलित चारदेशीय सिरिज खेल्ने भएको हो ।
माल्दिभियन फुटबलको ऐतिहासिक ७५औं वार्षिकोत्सवको अवसर पारी फुटबल एसोसिएशन अफ माल्दिभ्सले सन् २०२६ को जुन–जुलाईको महिनामा चारदेशीय सिरिज आयोजना गर्ने बताइएको छ । यद्यपि यसबारे माल्दिभ्स एफए, एन्फा र अन्य सहभागि टोलीका सम्बन्धित निकायले आधिकारिक जानकराी गराएका छैनन् ।
यो चारदेशीय सिरिज फुटबल प्रतियोगिता आयोजना भए सम्भवत सन् २०२६ मै हुने भनिएको साफ च्याम्पियनसिप अघि नेपालसहित माल्दिभ्स, बंगलादेश र श्रीलंकाका लागि राम्रो तयारी गर्ने अवसर पनि मिल्नेछ ।







