जबर्जस्ती करणीको आरोपमा कलाकार बले पक्राउ

जबर्जस्ती करणीको आरोपमा कलाकार बले भनिने सागर लम्साल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले लम्साललाई शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । अमेरिकामा बस्दै आउनुभएकी एक युवतीले एक वर्षअघि आफू लम्सालबाट बलात्कृत भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो ।

 

शारीरिक तथा मानसिकरूपमा आफू कमजोर भएका बेला लम्सालले जबर्जस्ती करणी गरेको उहाँको आरोप छ । प्रहरीमा पीडितको तर्फबाट उजुरी भने परेको छैन । लम्साललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार