सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।  महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ ।

 

यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।  चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ ।  शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार